
Lalitpur Mall and Lalitpur Mobile Complex are organizing a mobile expo on the first anniversary of the establishment from Sept 9 to Sept 19 (Bhadra 24 to Ashwin 3). Currently Lalitpur Mobile Complex of Lalitpur Mall, Lagankhel, Lalitpur have showrooms with multinational brands where four thousand people can get services at a time.
On the press meet, the head of Lalitpur Mobile Complex, Pursuttom Basnet said- “We are organizing the greatest mobile expo according to the need and demand of the mobile users of Nepal and the customers can get 7 to 70% discount on various mobiles and accessories.” He also added that no customers would go empty handed while buying the mobiles as there are some sure shot prizes.
While addressing the reporters, the head of the Lalitpur Mall, Nepal Dangol said- “We want to give every available facilities to our customers in our Mall. That is why we are planning to build modern cinema hall, lift parking space and so on.”
Every customer will have a chance to participate in the lucky draw after buying the entrance ticket and three customers will be awarded every day. There hundred thousand people are expected to visit the expo and the mobiles and accessories from various multinational brands including HTC, Samsung, Apple, Huawei, ZTE, Colors, Karbonn, Blackberry, LG, Panasonic, Lenovo etc. will be available at the expo.
PRESS RELEASE:
ललितपुरमा नेपालकै सबैभन्दा ठूलो मोबाइल एक्स्पो २०७३ हुँदै
काठमाडौं । ललितपुरको लगनखेलस्थित कर्मचारी संचय कोषमा रहेको ललितपुर मल तथा ललितपुर मोबाइल कम्प्लेक्सले आफ्नो प्रथम वार्षिकोत्सवको अवसर पारेर मोबाइल एक्स्पो २०७३ आयोजना गर्ने भएको छ । अन्तर्राष्ट्रियस्तरको नेपालको सबैभन्दा ठूलो मल्टिब्राण्ड मोबाइल शोरुम रहेको कम्प्लेक्स तथा मलले आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट तथा उपहार योजनासहित मोबाइल एक्स्पो आयोजना गर्न लागेको हो ।
यहि भदौ २४ गतेदेखि असोज ३ गतेसम्म आयोजना हुने महोत्सवको बारेमा कम्प्लेक्सले आज पत्रकार सम्मेलन मार्फत जानकारी दिएको छ । पत्रकार सम्मेलनमा कम्प्लेक्सका पदाधिकारीहरुका साथै मलका लगानीकर्ताहरुको उपस्थिती रहेको थियो ।
ललितपुर मोबाइल कम्प्लेक्स तथा ललितपुर मलले यसअघि पनि भव्यरुपमा मोबाइल एक्स्पो सम्पन्न गरेको अनुभव रहेको छ। पत्रकार सम्मेलनमा बोल्दै ललितपुर मोबाइल कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले ललितपुर जिल्लालाई केन्द्रमा राखेर नेपालभरीका मोबाइल प्रेमी तथा खरिदकर्ताहरुका लागि मोबाइल एक्स्पो गर्न लागेको जानकारी दिनुभयो । यस एक्स्पोमा हरेक मोबाइल खरिदकर्ताहरुले हात खाली नजाने उपहार प्राप्त गर्नेछन् । उहाँले भन्नुभयो, ूहामीले मोबाइल एक्स्पोको अवसर पारेर न्यूनतम ७ प्रतिशतदेखि ७० प्रतिशतसम्मको छुट विभिन्न मोबाइल ब्राण्ड तथा एसेसरिजमा राखेका छौं ।
कार्यक्रममा बोल्दै ललितपुर मलका अध्यक्ष नेपाल डंगोलले यस क्षेत्रको आर्थिक र व्यवसायीक विकास गर्न मलले प्रयास गरिरहेको भन्दै मलमा आउने हरेक ग्राहकहरुलाई नयाँ नयाँ सुविधाहरु प्रदान गरिरहेको बताउनुभयो । उहाँले मलले आगामी दिनमा अत्याधुनिक सुविधासहितको सिनेमा हल, नेपालमा नै पहिलो पटक लिफ्टबाट पार्किंग गर्ने पार्किंग स्पेस बनाउने योजनाहरु रहेको जानकारी दिनुभयो ।
भदौ २४ गतेदेखि आयोजना हुने मोबाइल एक्स्पोमा हरेक ग्राहकहरु उपहार योजनामा सहभागी हुन पाउनेछन् । एक्स्पोको अवधिभर हरेक आगन्तुकले प्रवेश शुल्कको समयमा लक्की ड्र प्राप्त गर्नेछन र त्यसको आधारमा लक्की ड्रबाट दैनिक ३ जनालाई उपहार दिईनेछ ।
एक्स्पोको अवधिभर नेपालमा भित्रिने विभिन्न नयाँ मोबाइल ब्राण्डहरु तथा नयाँ मोडलहरु पनि सार्वजनिक गराउने योजना राखिएको छ । यसले ग्राहकहरुले बजारमा आएका नयाँ फोनहरुको बारेमा जानकारी लिन सक्नेछन् । कम्प्लेक्सबाट सिल प्याक गरिएका मोबाइल फोन मात्र बिक्री गरिने छ भने नयाँ प्रविधिहरुको बारेमा जानकारी प्रदान गरिनेछ । त्यसैगरी हरेक प्रकारका ग्याजेट्स तथा एसेसरिजपनि उपलब्ध हुनेछ । कम्प्लेक्समा आधुनिक प्रविधिसहितको मोबाइल रिपेयर सेन्टर संचालनमा छ जहाँ छिटो र ग्राहकहरुलाई सन्तुष्टि प्रदान गर्ने गरि मोबाइल मर्मत गरिनेछ ।
ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारीक सर्भिस सेन्टर संचालनमा छन् । असोज ३ गतेसम्म आयोजना हुने यो मोबाइल कम्प्लेक्समा न्यूनतम रु ९ सयदेखि १ लाख रुपैंयासम्मको ब्राण्डेड मोबाइल फोनहरु उपलब्ध हुनेछ ।
मोबाइल एक्स्पोमा करिब ३ लाख भन्दा बढिले अवलोकन गर्ने अनुमान गरिएको छ । मोबाइल एक्स्पोमा सामसुंग, हुवावे, जियोनी, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोनहरु, डिटिसी, ओवीआई, लाभा, विनकम, फ्लाई, कलर्स, इन्टेक्स, माइक्रोम्याक्स, सोनी, एलजी, ब्ल्याकबेरी, कार्बन, पानासोनिक, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध गराईनेछ ।
धन्यवाद ।
थप जानकारीका लागि
पुरुषोत्तम बस्नेत
अध्यक्ष, ललितपुर मोबाइल कम्प्लेक्स
कर्मचारी संचय कोष भवन, लगनखेल, ललितपुर,
सम्पर्कः ९८५१०६९७६५





![Best Gaming Laptops in Nepal Under Rs. 200,000 (रु 2 Lakhs) [2025] Best gaming lapotp under 2 lakhs Nepal Feb 2025](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Gaming-Laptops-Under-2-Lakh-Nepal-Feb-2025-Update.jpg)
![Best Gaming Laptops in Nepal Under Rs. 120,000 (रु 1.2 Lakhs) [2025] Best Budget Gaming Laptops Under Rs 120000 in Nepal 2025 Update](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/05/Best-Budget-Gaming-Laptops-Under-Rs-120000-in-Nepal-2024-Update.jpg)
![Best Gaming Laptops in Nepal Under Rs. 150,000 (रु 1.5 Lakhs) [2025] Best gaming laptops under 150k November 2024](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/11/Best-gaming-laptops-under-150k-November-2024.jpg)

![Best Laptops Under Rs. 80,000 in Nepal [2025] Best Laptops Under 80,000 in Nepal March 2025 Update](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/03/Best-Laptops-Under-80000-in-Nepal-March-2025-Update.jpg)
![Best Mobile Phones Under Rs. 15,000 in Nepal [Updated 2025] Best Phones Under 15000 in Nepal 2024 Budget Smartphones Cheap Affordable](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/03/Best-Phones-Under-15000-in-Nepal-2024.jpg)
![Best Mobile Phones Under Rs. 20,000 in Nepal [Updated] Best Mobile Phones Under NPR 20000 in Nepal 2023 Updated Samsung Xiaomi Redmi POCO Realme Narzo Benco](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/01/Best-Phones-Under-20000-in-Nepal-2024.jpg)
![Best Mobile Phones Under Rs. 30,000 in Nepal [Updated 2025] Best Phones Under 30000 in Nepal](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Phones-Under-30000-in-Nepal.jpg)
![Best Mobile Phones Under Rs. 40,000 in Nepal [Updated 2025] Best Phones Under 40000 in Nepal 2025](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/07/Best-Phones-Under-40000-in-Nepal-2025.jpg)
![Best Mobile Phones Under Rs. 50,000 in Nepal [Updated 2025] Best Phones Under 50000 in Nepal](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Phones-Under-50000-in-Nepal.jpg)
![Best Flagship Smartphones To Buy In Nepal [Updated] Best smartphones to buy in Nepal 2025 flagship phones](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/05/Best-Flagship-Phones-who-is-it-ft.jpg)