
Lalitpur Mobile Complex is set to organize a mobile expo from the 27th of January this month. At the expo, buyers will be able to exercise discounts on various products and also win different gift hampers.
Lalitpur Mobile Complex has lately been a hub for people looking for authorized smartphones. The Complex had previously held a mobile expo a few months back. And now, on the occasion of the New Year 2017, it is set to organize the expo from the 27th of January (14th of Magh) to the 4th of February (22nd Magh).
Addressing the reporters at the press conference, Purusottam Basnet, Chairman of Lalitpur Mobile Complex, said that the Complex will be selling smartphones only from authorized sellers. Basnet also mentioned that all the devices sold at the mall are legit and asked everyone to discourage the gray market existing in Nepal.
Customers will get a chance to buy newly released smartphones from the aforementioned manufacturers. Apple’s iPhone 7 and 7 Plus, Samsung’s Galaxy C9 Pro, Huawei’s GR5 2017, Colors’ P85+, Lava’s A3, Zopo FV5, etc. are sure to be the expo’s major attraction. The pricing of all smartphones will range from Rs. 1000 to Rs. 140,000.
Talking about the offers, customers will be able to get discounts ranging from 5% to 70%. On every purchase of a Windows phone, there is a ‘buy one get one free’ offer. Along with the discounts, buyers will also be able to win free gift hampers like powerbank, selfie stick, Bluetooth speaker, etc.
The Complex has expected a turnout of around 300,000 people at the event.
Press Release:
ललितपुरको मुटु तथा आर्थिक केन्द्र लगनखेलस्थित ललितपुर मलमा रहेको ललितपुर मोबाइल कम्प्लेक्सले अंग्रेजी नयाँ वर्षको अवसर पारेर जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्स्पो २०१७ आयोजना गर्न लागेको छ । आफ्ना ग्राहकहरुलाई मोबाइल खरिदमा विभिन्न छुट र उपहारसहित नयाँ वर्षलाई उत्सवमय बनाउन यहि माघ १४ गतेदेखि मोबाइल मेला आयोजना गर्न लागेको हो ।
मोबाइल किनौं बुझेर, उपहार छानौं रोजेर भन्ने मुल नाराका साथ ग्राहकहरुलाई गुणस्तरीय उत्पादन उपलब्ध गराउने गरि यहि माघ १४ गतेदेखि माघ २२ गतेसम्म मोबाइल महोत्सव आयोजना गर्न लागेको हो ।
नेपालको एक मात्र व्यवस्थित र सक्कली सामाग्री मात्र पाईने ललितपुर मोबाइल कम्प्लेक्समा ग्राहकहरुले विभिन्न ब्राण्डका स्मार्टफोन, ग्याजेट, एसेसरिज तथा मोबाइल मर्मतको सेवा प्राप्त गर्न सक्नेछन् । हरेक समय कम्प्लेक्सले ग्रे मार्केटलाई रोक्न र आधिकारिक ब्राण्डेड फोनहरु तथा एसेसरिजहरु मात्र खरिद गर्नको लागि ग्राहकहरुलाई अभिप्रेरित गर्दै आएको छ । यसले नेपाली बजारमा ग्रे मोबाइललाई रोक्न सहयोग गर्दछ ।
मोबाइल कम्प्लेक्समा न्यूनतम रु.१ हजारदेखि रु.१ लाख ४० हजार सम्मका विभिन्न ब्राण्डका फोनहरु उपलब्ध रहेका छन् ।
जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा जोप्पोको कलर एफ ५, ह्वावेको जिआर ५ २०१७, सामसंगको सि नाइन प्रो, जियोनीको एस सिक्स एस, लाभाको ए३, कलर्सको पि ८५ प्लस, डिटिसीको गियर म्याक्स, ओबीआईको एस एफ १.५, जेडटिईको एक्सजोन मिनी, ओप्पोको एफ वान एस मोडलका स्मार्टफोनहरु विशेषरुपमा प्रदर्शन तथा बिक्रीका लागि राखिनेछ ।
यसका साथै एप्पलको आईफोन सेभेन तथा सेभेन प्लस पनि मोबाइल महोत्सवको आकर्षणको केन्द्रमा हुनेछन् ।
कम्प्लेक्सले आफ्ना ग्राहकहरुका लागि अंग्रेजी नयाँ वर्षको अवसरलाई आकर्षक बनाउन योजना ल्याएको कम्प्लेक्सका अध्यक्ष पुरुषोत्तम बस्नेतले जानकारी दिनुभयो । “हामीले यो कम्प्लेक्समा ग्राहकलाई ब्राण्डेड मोबाइल मात्र बिक्री गर्ने हुँदा ग्राहकहरु हामीकहाँ नियमित आउने गर्दछन्,” उहाँले भन्नुभयो, “अब ग्राहकहरुले मोबाइल खरिद गर्दा गुणस्तर र आधिकारिक बिल भएको मोबाइल मात्र खरिद गर्नुपर्ने हुन्छ ।”
जोप्पो मोबाइल प्रिजेन्टस् ललितपुर मोबाइल एक्सपो २०१७ मा हरेक ग्राहकहरुलाई ५ देखि ७० प्रतिशतसम्मको छुट उपलब्ध गराईने छ भने माइक्रोसफ्ट स्मार्टफोनको हरेक मोबाइल खरिदमा अर्को मोबाइल फ्रि प्राप्त गर्न सकिनेछ । त्यसैगरी अन्य स्मार्टफोनहरुको खरिदमा पावर ब्यांक, सेल्फी स्टीक, ब्लूटूथ स्पीकर उपहारमा प्राप्त गर्न सक्नेछन् ।
मोबाइल मेलाको अवधिभर कम्प्लेक्सलमा करिब ३ लाख ग्राहकहरुले मेला अवलोकन गर्ने अनुमान गरिएको छ भने ५ करोड रुपैंया बराबरको कारोबार हुने अपेक्षा गरिएको छ ।
ललितपुरको लगनखेलस्थित ललितपुर मलमा स्थापना भएको ललितपुर मोबाइल कम्प्लेक्स नेपालको पहिलो मल्टिब्राण्ड मोबाइल शोरुम हो, जहाँ एकै पटक ४ हजारदेखि ५ हजार ग्राहकले सुविधा प्राप्त गर्न सक्दछन् । ललितपुर मलको दोस्रो तल्लामा ४० भन्दा बढि मोबाइल शोरुम तथा आधिकारिक सर्भिस सेन्टर संचालनमा छन् ।
कम्प्लेक्समा सामसुंग, ह्वावे, जियोनी, कलर्स, आईफोन, एचटिसी, माइक्रोसफ्ट फोन, डिटिसी, ओवीआई, लाभा, सोनी, ओप्पो, जोप्पो, जेडटिईलगायत ब्राण्डका फोनहरु उपलब्ध छन् ।
धन्यवाद ।
थप जानकारीका लागि
पुरुषोत्तम बस्नेत
अध्यक्ष, ललितपुर मोबाइल कम्प्लेक्स
लगनखेल, ललितपुर,
सम्पर्कः ९८५१०६९७६५





![Best Gaming Laptops in Nepal Under Rs. 200,000 (रु 2 Lakhs) [2025] Best gaming lapotp under 2 lakhs Nepal Feb 2025](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Gaming-Laptops-Under-2-Lakh-Nepal-Feb-2025-Update.jpg)
![Best Gaming Laptops in Nepal Under Rs. 120,000 (रु 1.2 Lakhs) [2025] Best Budget Gaming Laptops Under Rs 120000 in Nepal 2025 Update](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/05/Best-Budget-Gaming-Laptops-Under-Rs-120000-in-Nepal-2024-Update.jpg)
![Best Gaming Laptops in Nepal Under Rs. 150,000 (रु 1.5 Lakhs) [2025] Best gaming laptops under 150k November 2024](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/11/Best-gaming-laptops-under-150k-November-2024.jpg)

![Best Laptops Under Rs. 80,000 in Nepal [2025] Best Laptops Under 80,000 in Nepal March 2025 Update](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/03/Best-Laptops-Under-80000-in-Nepal-March-2025-Update.jpg)
![Best Mobile Phones Under Rs. 15,000 in Nepal [Updated 2025] Best Phones Under 15000 in Nepal 2024 Budget Smartphones Cheap Affordable](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/03/Best-Phones-Under-15000-in-Nepal-2024.jpg)
![Best Mobile Phones Under Rs. 20,000 in Nepal [Updated] Best Mobile Phones Under NPR 20000 in Nepal 2023 Updated Samsung Xiaomi Redmi POCO Realme Narzo Benco](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/01/Best-Phones-Under-20000-in-Nepal-2024.jpg)
![Best Mobile Phones Under Rs. 30,000 in Nepal [Updated 2025] Best Phones Under 30000 in Nepal](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Phones-Under-30000-in-Nepal.jpg)
![Best Mobile Phones Under Rs. 40,000 in Nepal [Updated 2025] Best Phones Under 40000 in Nepal 2025](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/07/Best-Phones-Under-40000-in-Nepal-2025.jpg)
![Best Mobile Phones Under Rs. 50,000 in Nepal [Updated 2025] Best Phones Under 50000 in Nepal](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2025/01/Best-Phones-Under-50000-in-Nepal.jpg)
![Best Flagship Smartphones To Buy In Nepal [Updated] Best smartphones to buy in Nepal 2025 flagship phones](https://cdn.gadgetbytenepal.com/wp-content/uploads/2024/05/Best-Flagship-Phones-who-is-it-ft.jpg)